logo

भक्तपुर क्षेत्र नं १

क.साेम मिश्र,

उम्मेदवार

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

Image
व्यक्तिगत विवरण
  • जन्म: २०२० मंसिर ९, फुङ्लिङ नगरपालिका (साविक हाङ्देवा गाविस), ताप्लेजुङ ।
  • बसाई सराई: २०४० सालमा घोडाघोडी नगरपालिका-१० (साविक पहलमानपुर गाविस), कैलाली ।
  • स्थायी बसोबास: २०४५ देखि चाँगुनारायण नगरपालिका-२ (साविक ताथली गाविस), भक्तपुर ।
शिक्षा
  • प्रारम्भिक तह: जनता निम्न माध्यमिक विद्यालय, हाङ्देवा गा.वि.स.
  • माध्यमिक तह: मोती माध्यमिक विद्यालय, खोक्लिङ
  • PCL: पिपल्स क्याम्पस, काठमाडौं
  • स्नातकोत्तर:
    • समाजशास्त्र — पाटन संयुक्त क्याम्पस
    • राजनीतिशास्त्र — त्रि.वि. (निजी अध्ययन)

शिक्षण / प्राध्यापन अनुभव

  • २०६० सालदेखि सामुदायिक विद्यालयमा ११ वर्ष स्थायी अंग्रेजी शिक्षक।
  • निजी विद्यालयहरूमा १० वर्ष अध्यापन।
  • कक्षा ११–१२ तथा कलेजहरूमा आंशिक प्राध्यापन।

राजनीतिक तथा आन्दोलन अनुभव

  • २०३७: नेपाल कम्युनिष्ट पार्टी (माले) प्रवेश।
  • गाउँदेखि केन्द्रीय कमिटी सदस्यसम्म जिम्मेवारी।
  • २०७०–२०८२: नेकपा (एमाले) केन्द्रीय सदस्य।
  • पञ्चायतविरोधी आन्दोलनमा एक वर्ष जेल जीवन।

अन्य जिम्मेवारी तथा सार्वजनिक अनुभव

  • २०४३–२०४५: स्ववियु सचिव, पिपल्स क्याम्पस।
  • २०५४–२०५९: जिविस भक्तपुर सदस्य।
  • २०६६/०६७: स्थानीय शान्ति समिति संयोजक।
  • २०७४–२०७९: नगर प्रमुख, चाँगुनारायण।

लेखन

  • शक्तिराष्ट्रका राजनीतिक दलहरूको तुलनात्मक अध्ययन — २०८२
  • विभिन्न सञ्चार माध्यमहरूमा लेख तथा स्तम्भहरू।
  • महाशक्तिराष्ट्रका राजनीतिक प्रवृत्तिबारे विश्लेषण।

तथ्याकंमा मेराे निर्वाचन क्षेत्र

Image
१०७०५४

कुल मतदाता

Image
१५७

मतदान केन्द्र

Image
१६७२१९

कुल जनसंख्या

Image
स्थानीय तह

भक्तपुर नगरपालिका // चाँगुनारायण नगरपालिका

मुख्य सकंल्प

संकल्प नं १: ख्वप सांस्कृतिक विश्वविद्यालय

भक्तपुर कला, संस्कृति र ऐतिहासिक धरोहरको शहर हो भन्ने कुरा हामी सबैलाई ज्ञात छ। ख्वप विश्वविद्यालय अरू विश्वविद्यालयभन्दा भिन्न र विशिष्ट हुनुपर्नेछ। इन्जिनियरिङ, मेडिकल र अन्य प्राविधिक शिक्षा सहित ख्वप विश्वविद्यालयले विशेष रूपमा कला, संस्कृति र इतिहास अध्ययनलाई प्राथमिकता दिनेछ।

कला, संस्कृति र एतिहासका बारेमा ख्वप विश्वविद्यालयले लामो तथा छोटो पाठ्यक्रमहरू निर्माण गरी विज्ञहरू मार्फत पठनपाठन गर्नेछ। ख्वप विश्वविद्यालयले जीवित शहरको अनुभवसँगै औपचारिक शिक्षा लिन सक्ने वातावरण प्रदान गर्नेछ। भक्तपुरको धरोहर, म्यूजियम, कला केन्द्र र सांस्कृतिक स्थलहरू यस विश्वविद्यालयको प्रयोगशालाको रुपमा भूमिका निर्वाह गर्नेछन्।

ख्वप विश्वविद्यालय समग्र शिक्षा र सांस्कृतिक समृद्धिको केन्द्र बन्नेछ। नेपालमा नयाँ विश्वविद्यालय स्थापना गर्नु भनेको केवल प्रतिवद्धता व्यक्त गर्नु मात्र होइन; यसका लागि संसदमा ऐन निर्माणमार्फत बहुमत दलको सहमति आवश्यक पर्छ। हामीले संसदमा प्रतिनिधित्व पाउँदा, हाम्रो दल सहित अन्य दलका सांसदहरूसँग सहभागिता, सहमति, समन्वय र संवादमार्फत यस बाचा पुरा गर्ने योजना रहेको छ।

भक्तपुरका जनताको इच्छाअनुसार र संस्कृतिलाई सम्मान गर्दै, संसदमा सहमतिपूर्ण र पारदर्शी प्रक्रिया मार्फत ख्वप विश्वविद्यालय स्थापना गर्न अघि बढ्नेछौं। नेपाल इन्जिनियरिङ्ग कलेजलाई पनि प्रभावकारी संचालनका लागि आवश्यक संस्थागत सुधारको कार्य गर्दै संघीय तथा प्रादेशिक सरकारको समन्वयमा नविनतम इन्जिनियरिङ्ग कार्यक्रम संचालन गर्न पहल गरिनेछ।

पूर्ण योजना

Image

संकल्प नं २: हरित ऊर्जा आधारित डाटा सेन्टर

विश्व अहिले तीव्र रूपमा डिजिटल युगतर्फ अघि बढिरहेको छ। कृत्रिम बुद्धिमत्ता (AI), क्लाउड कम्प्युटिङ, बिग डाटा र डिजिटल सेवाहरूको माग हरेक दिन बढ्दो छ। तर परम्परागत डाटा सेन्टर केन्द्रहरू, विशेषगरी सिलिकन भ्याली जस्ता क्षेत्रहरू, उच्च विद्युत् लागत, अत्यधिक पानी प्रयोग, बढ्दो तापक्रम र वातावरणीय दबाबका कारण दीर्घकालीन चुनौती सामना गरिरहेका छन्।

नेपालले ऐतिहासिक अवसर प्राप्त गरेको छ। प्रचुर मात्रामा उपलब्ध स्वच्छ जलविद्युत्, मनसुन समयमा हुने विद्युत् अधिशेष उत्पादन, मुस्ताङ र मनाङ जस्ता प्राकृतिक रूपमा चिसो तथा उच्च वायु प्रवाह भएका हिमाली क्षेत्र, र पवन ऊर्जाको सम्भावनाले नेपाललाई हरित ऊर्जा आधारित डाटा सेन्टरका लागि आदर्श गन्तव्य बनाउँछ। प्राकृतिक चिसो वातावरणले कूलिङ लागत घटाउँछ भने नवीकरणीय ऊर्जाले सञ्चालन खर्च र कार्बन उत्सर्जन दुवै कम गर्छ।

यस परियोजनाको मुख्य विशेषता “शून्य सरकारी लगानी मोडेल” हो। नेपाल सरकारले प्रत्यक्ष पूँजी लगानी गर्नु पर्दैन। बरु स्थिर, स्पष्ट र लगानीमैत्री नीति तथा कानुनी संरचना निर्माण गरी अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूलाई नेपालमै पूर्वाधार निर्माण गर्न आकर्षित गर्न सकिन्छ। यसबाट नेपालले कर राजस्व, विद्युत् बिक्री, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, प्रविधि हस्तान्तरण र स्थानीय आर्थिक विकासमा उल्लेखनीय लाभ लिन सक्छ।

यो परियोजना केवल आर्थिक वृद्धिको योजना मात्र होइन; यो नेपाललाई “हरित डिजिटल राष्ट्र” बनाउने दीर्घकालीन दृष्टि हो। यसका लागि राष्ट्रिय सहमति, एकता र उच्च प्राथमिकता आवश्यक छ।

पूर्ण योजना

Image

संकल्प नं ३: भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान

चाँगुनारायण क्षेत्रमा गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले बिर अस्पतालको सेवा विस्तार अगाडि बढाइनेछ र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्माण कार्यलाई तीव्रता दिइनेछ। साथै भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल तथा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई एकीकृत संरचनामा समेट्दै ‘भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना गर्न आवश्यक पहल गरिनेछ। यस एकीकृत प्रतिष्ठानमार्फत विशिष्टीकृत उपचार सेवा, आधुनिक स्वास्थ्य पूर्वाधार, चिकित्सा शिक्षा र अनुसन्धानलाई एउटै छातामुनि विकास गर्दै प्रदेश तथा देशभरका नागरिकलाई प्रभावकारी, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिइनेछ। यस पहलले स्वास्थ्य सेवाको समन्वय, दक्ष जनशक्ति उत्पादन, अनुसन्धान प्रवर्द्धन तथा क्षेत्रीय स्वास्थ्य प्रणालीको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पूर्ण योजना

Image

संकल्प नं ४:मुहान पाेखरी महादेव खोला जलाशययुक्त खानेपानी आयोजना

चाँगुनारायण नगरपालिकाकाे केही भाग तथा सम्पूर्ण भक्तपुर नगरपालिकामा देखिएको दीर्घकालीन खानेपानी अभाव समाधान गर्ने उद्देश्यले महादेव खोला जलाशययुक्त खानेपानी परियोजना अघि बढाइनेछ। यस परियोजनाले स्वच्छ, सुरक्षित र दिगो रूपमा खानेपानी आपूर्ति सुनिश्चित गर्दै स्थानीय बासिन्दाको दैनिक जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउनेछ। जलाशय प्रणालीमार्फत पानी संकलन, भण्डारण र वैज्ञानिक वितरण व्यवस्थापन गरिनेछ, जसले वर्षायाममा हुने पानीको सदुपयोग र सुख्खा मौसममा पनि स्थिर आपूर्ति सम्भव बनाउनेछ। साथै, यस परियोजनाबाट सानो तथा मध्यम स्तरको जलविद्युत उत्पादनको सम्भावना उपयोग गरी स्वच्छ ऊर्जाको प्रवर्द्धन गरिनेछ, जसले स्थानीय आर्थिक गतिविधि र ऊर्जा आत्मनिर्भरतामा टेवा पुर्‍याउनेछ। जलाशय क्षेत्रलाई आकर्षक र व्यवस्थित रूपमा विकास गर्दै जल पर्यटन प्रवर्द्धन गरिनेछ, जसले रोजगारी सिर्जना, आन्तरिक पर्यटन वृद्धि तथा स्थानीय व्यवसाय विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यस समग्र परियोजनाले पानी, ऊर्जा र पर्यटनलाई एकीकृत रूपमा समेट्दै दिगो विकास, वातावरणीय सन्तुलन र समृद्ध स्थानीय अर्थतन्त्र निर्माणतर्फ महत्वपूर्ण कदम चाल्नेछ।

पूर्ण योजना

Image

अभियान

Image
क.साेम मिश्र,

प्रतिनिधिसभा सदस्य उम्मेद्वार

Website - www.sommishra.com.np

Email - mishrasomp@gmail.com

Phone - +977 9851001744

For media inquiries: mishrasomp@gmail.com